२०८३ कार्तिक २७ गते, शुक्रबार ३:३३

साढे चारलाख रुपैयाँ पीडितलाई बुझाएपछि साह छुटे

काठमाडौं –

साढे ४ लाख रुपैयाँ पीडितलाई बुझाएपछि चर्चित सेफ सन्तोष साह रिहा भएका छन्। 

ठगी मुद्दामा पक्राउ परेका उनले पीडित पक्षलाई चेकबमोजिमको रकम बुझाएपछिसोमबार बेलुका रिहा गरिएको प्रहरीले जनाएको छ ।

साहलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत शुक्रबार राति जनकपुरबाट पक्राउ गरी काठमाडौँ ल्याएर हिरासतमा राखेको थियो। 

काठमाडौँको गैरीधारामा रेस्टुरेन्ट किन्दा उनले शकुन्तला अधिकारी थापालाई रकम नभएको बैंक खाताको चेक दिएको आरोप थियो। सोही आरोपमा थापाले २५ लाख रुपैयाँको चेक अनादर मुद्दा दायर गरेकी थिइन्।

उक्त मुद्दामा अदालतले साहलाई दोषी ठहर गर्दै २५ लाख रुपैयाँ बिगो भराउने फैसला गत वर्ष जेठमै गरेको थियो। उनलाई जिल्ला अदालत काठमाडौँले एक महिना कैद र एक लाख २५ हजार रुपैयाँ जरिवाना पनि सुनाएको थियो।

तर अदालतले दोषी ठहर गरेर कैद र जरिवाना तोक्दा पनि साह भने उपस्थित थिएनन्। पीडितले पुनः ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया

देउसी–भैलोमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीबाट थप तीन पक्राउ, पक्राउ पर्नेको संख्या पाँच पुग्यो

रुपन्देही – देउसी–भैलो कार्यक्रमका क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा

देउसी–भैलोमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीबाट थप तीन पक्राउ, पक्राउ पर्नेको संख्या पाँच पुग्यो

रुपन्देही – देउसी–भैलो कार्यक्रमका क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा

पोडकास्ट सुन्नुहोस