२०८३ श्रावण २८ गते, बिहीबार ०१:४१

पर्साको ग्रामीण भेगबाट ३७० किलो गाँजा बरामद

वीरगन्ज-

पर्सा प्रहरीले जिल्लाको ग्रामीण क्षेत्रबाट गएराति ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय पोखरियाले पर्साको मिर्जापुर गाउँपालिका–१ स्थित सुख्खा नहर क्षेत्रमा लुकाइछिपाइ राखिएको ३७० किलोग्राम गाँजा बरामद गरेको हो।

नहर छेउको झाडीमा लागूऔषध लुकाइछिपाइ राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा २५ वटा पोकामा राखिएको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो।

उहाँका अनुसार बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ भने घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।

पर्सा जिल्लामा विगतका वर्षहरूमा हुने गरेको गाँजाखेती हाल लगभग नियन्त्रणमा आए पनि छिमेकी जिल्लाहरू मकवानपुर, धादिङ, चितवनलगायत क्षेत्रमा उत्पादन हुने गाँजा विभिन्न मार्ग प्रयोग गरी पर्सा भित्रिने गरेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस