२०८३ श्रावण २८ गते, बिहीबार ०३:४२

मन्त्री पुनलाई हर्कको सुझाव : ‘सरकारमा बसेर गुनासो होइन, काम गर्नुस्’ 

काठमाडौँ –

श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सरकारको मन्त्री भएर गुनासो धेरै गर्ने र समय खेरा फाल्ने काम गरेको भन्दै सचेत गराएका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारको मन्त्री भएर गुनासो गर्ने लामो जवाफ दिएर समय खेरा फालेको भन्दै सांसद राईले असन्तुष्टि जनाए । 

उनले भने,‘सरकारले गुनासो गर्ने होइन । मन्त्री ज्यू सत्ता पक्ष होकि विपक्ष हो भन्ने थाहा हुनुपर्छ । यस्तो कानुन भएन उस्तो भएन भनेर लामो गित सुनाउनु भयो यहाँले । अर्को पटकदेखि समयको ध्यान यहाँले दिनुपर्छ ।’

त्यस्तै उनले खर्च हुनै नसक्ने र कार्यक्रम नै नभएको अबण्ड बजेट राखिएको भन्दै उनले यसमा ख्याल गर्न सचेत गराएका हुन् । 

२ अर्ब ५१ करोड पैसा अबन्डामा भएको भन्दै उनले कार्यक्रम नै नभए किन विनियोजित गरेको भनेर प्रश्न गर्दै उनले बजेट दुरुपयोग हुन नदिन आग्रह गरे । 

मन्त्री पुनले मन्त्रालयका लागि आवश्यक कानुनहरू बनिनसकेको र साढे ३ अर्ब रुपैयाँ अवन्डामा रहेको भन्दै यो खर्च गर्न गाह्रो हुने बताएका थिए । 

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस