२०८३ श्रावण २८ गते, बिहीबार ०१:४१

समाजमा रहेका विकृति–विसंगति अन्त्य गर्न मर्यादित पत्रकारिता आवश्यक : महासचिव गद्दी

वीरगन्ज

जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव एवं मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत गद्दीले समाजमा रहेका विकृति–विसंगतिको अन्त्य तथा सामाजिक न्याय स्थापना गर्न मर्यादित पत्रकारिता आवश्यक रहेको बताउनुभएको छ।

मधेस मिडिया काउन्सिल, मधेस प्रदेशले आज वीरगन्जमा आयोजना गरेको “स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता” सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो।

सभालाई सम्बोधन गर्दै महासचिव गद्दीले मधेस प्रदेशमा पत्रकार आचारसंहिता उल्लंघनका घटनाहरू बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। यस्ता अभिमुखीकरण कार्यक्रमहरूले पत्रकारितामा देखिएका विकृति न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

मिडिया काउन्सिल, मधेस प्रदेशकी प्रमुख बन्दना झाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव अशोक तिवारी, महासंघको लेखा समिति संयोजक केसी लामिछाने, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, विश्व पत्रकार महासंघ एशिया प्रशान्त क्षेत्रका सचिव दीपेन्द्र चौहान तथा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतले पत्रकार आचारसंहिता उल्लंघनका बढ्दो घटनाप्रति चिन्ता व्यक्त गरेका थिए।

मिडिया काउन्सिलले आयोजना गरेको उक्त कार्यक्रममा सहभागी पर्साका सञ्चारकर्मीहरूलाई नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार धर्मेन्द्र झाले प्रशिक्षण दिनुभएको थियो। उहाँले समाचार संकलनदेखि सम्प्रेषण तथा प्रसारणसम्म सञ्चारकर्मीहरूले अपनाउनुपर्ने सावधानी, व्यावसायिक आचरण तथा पत्रकारिताका नैतिक पक्षबारे प्रशिक्षण दिनुभएको थियो।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस