२०८३ श्रावण २८ गते, बिहीबार ०३:४९

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वमा रामप्रसाद समूह निर्वाचित

काठमाडौं –

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १२औँ साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि सम्पन्न निर्वाचनमा रामप्रसाद नेतृत्वको प्यानलले प्रभावशाली जित हासिल गरेको छ । अध्यक्षसहित अधिकांश पदमा संस्थापक समूहका उम्मेदवारले विजय प्राप्त गरेका छन ।  

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार अध्यक्ष पदमा रामप्रसाद गैरेले १८६ मत प्राप्त गर्दै किशोरकुमार केसीलाई ९५ मतमा सीमित पार्दै विजय हासिल गरे ।

प्रथम उपाध्यक्षमा सुवर्ण लामा १७६ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी शिवकुमार कार्कीले ९७ मत प्राप्त गरे। द्वितीय उपाध्यक्षमा हर्कबहादुर लिम्बु १५३ मतसहित विजयी भए भने संस्थापक समूहका विजयकुमार कार्कीले १२० मत प्राप्त गरे।

तृतीय उपाध्यक्षमा हिरादेवी बुढाथोकी १६८ मतसहित विजयी हुँदा सोमबहादुर तामाङले १०१ मत प्राप्त गरे।

महासचिव पदमा सुमनराज पाण्डे १६८ मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी अभिनयमान सिंह बस्नेतले ११२ मत प्राप्त गरे। सचिव पदमा हिमा गुरुङ १४० मतसहित विजयी हुँदा नारायण भुसालले १३३ मत प्राप्त गरे।

सहसचिव पदमा जगतबहादुर गुरुङ १५३ मतसहित निर्वाचित भए भने शिवप्रसाद चालिसेले १०८ मत प्राप्त गरे। कोषाध्यक्ष पदमा भीममाया कार्की (कल्पना) १४१ मतसहित विजयी हुँदा राधा केसीले १२६ मत प्राप्त गरिन्।

सह–कोषाध्यक्ष पदमा कैलाश पाठकले १८० मत प्राप्त गर्दै शानदार जित हासिल गरे भने उनका प्रतिस्पर्धी दीपक खड्काले ९२ मत मात्र प्राप्त गरे।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस