२०८३ असार १० गते, बुधबार २१:५६

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएसँगै खुला मुस्लिम कोटामा चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ। यस क्लस्टरबाट उम्मेदवारी दिएका असिम साह र बखतियार अलिमध्ये कसले बाजी मार्ला भन्ने विषय अहिले महाधिवेशन प्रतिनिधिहरूमाझ प्रमुख बहसको विषय बनेको छ। मतदाता (महाधिवेशन प्रतिनिधि) हरूका अनुसार यस क्लस्टरमा मुख्य प्रतिस्पर्धा मुख्यत: अलि र साहबीच नै केन्द्रित हुने निश्चित छ।

हाई-प्रोफाइल उम्मेदवार: को हुन् साह र अलि?

चुनावी मैदानमा उत्रिएका दुवै उम्मेदवारहरू आ-आफ्नो पृष्ठभूमि र प्रभावका कारण बलिया दाबेदार मानिएका छन्:

  • असिम साह: उहाँ वर्तमान प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको सल्लाहकार हुनुहुन्छ। साह अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पीएमओ) मा महत्वपूर्ण पदीय दायित्वमा रहेर काम गरिरहनुभएको छ। प्रधानमन्त्री शाहको टिममा रहेर काम गरेको अनुभव र प्रशासनिक पहुँचका कारण उहाँको पक्षमा बलियो माहौल रहेको दाबी गरिन्छ।
  • बखतियार अलि: उहाँ रास्वपाको संस्थापनकालदेखि नै पार्टीमा निरन्तर क्रियाशील रहँदै आउनुभएका स्थापित नेता हुनुहुन्छ। दुई दशकभन्दा लामो व्यावसायिक पत्रकारिता क्षेत्रको गहिरो अनुभव सम्हाल्नुभएका अलिले मधेश प्रदेशमा रास्वपाको जग बसाल्न र सङ्गठन विस्तारमा अत्यन्त महत्त्वपूर्ण एवं नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो। हाल उहाँ रास्वपा मधेश प्रदेशको सल्लाहकार परिषद् संयोजकको जिम्मेवारीमा हुनुहुन्छ।

लामो पत्रकारिताको पृष्ठभूमि, भुइँतहका कार्यकर्तासँगको सिधा सम्पर्क र पार्टी स्थापनाकालदेखिको योगदानका कारण महाधिवेशन प्रतिनिधिहरूमाझ बखतियार अलितर्फको रुझान र आकर्षण बलियो बन्दै गएको मतदाताहरूको भनाइ छ।

केन्द्रीय सदस्यका लागि अन्तिम मैदानमा ३८४ उम्मेदवार

रास्वपा केन्द्रीय निर्वाचन कार्यालयका अनुसार केन्द्रीय सदस्य बन्नका लागि पार्टीभित्र तीव्र प्रतिस्पर्धा देखिएको छ। मङ्गलबार भएको मनोनयन दर्ताका क्रममा उत्साहजनक रूपमा ४ सयभन्दा बढी आकांक्षीहरूले आ-आफ्नो मनोनयन पत्र दर्ता गराएका थिए।

मनोनयनमाथिको छानबिन, दाबी-विरोध र नाम फिर्ता लिने निर्धारित समय सकिएपछि बुधवार निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ। नयाँ कार्यतालिका अनुसार अब कुल ३ सय ८४ जना उम्मेदवारहरू मात्र अन्तिम चुनावी मैदानमा बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ। यीमध्ये खुला मुस्लिम क्लस्टरको यो प्रतिस्पर्धालाई महाधिवेशनकै सबैभन्दा चासोपूर्ण भिडन्तका रूपमा हेरिएको छ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस