२०८३ श्रावण २८ गते, बिहीबार ०३:५०

श्रीमतीको हत्यागरी फरार रहेका श्रीमान सात दिनपछि पक्राउ

रौतहट –

आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्तिलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा रौतहट फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ पेटभर्वा टोल बस्ने ४२ वर्षीय महन्थ राय यादव रहेका छन् ।

यादवले गत जेठ ३ गते आफ्नै सुत्ने कोठामा ३२ वर्षीया श्रीमती आरती देवी यादवलाई धारिलो हतियार (बन्चरो) प्रयोग गरी हत्या गरेका थिए । हत्या गरे लगत्तै उनी फरार भएका थिए ।

घटना घटेदेखि नै प्रहरीले उनको निरन्तर खोजतलास गरिरहेको थियो । प्राविधिक विश्लेषण समेतका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र मातहत इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई फतुवा विजयपुर नगरपालिका वडा नम्बर ८ विजयपुरबाट नियन्त्रणमा लिन सफल भएको हो ।

पक्राउ परेका यादवमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बसन्त गौतमले जानकारी दिए ।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस