२०८३ श्रावण २८ गते, बिहीबार ०३:२९

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं –

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ । लागूऔषधको दुरुपयोगले व्यक्ति, परिवार र समाजमा पार्ने गम्भीर असरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष जुन २६ मा यो दिवस मनाइन्छ । 

राष्ट्रसङ्घको महासभाले सन् १९८७ डिसेम्बर ७ मा प्रस्ताव पारित गर्दै हरेक वर्ष जुन २६ लाई यस दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला दशकमा विश्वभर लागूऔषधको प्रयोग र यसको अवैध कारोबार दुवै बढ्दो क्रममा छन् । विशेषगरी कोकिनको उत्पादन, बरामद र प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ । 

लागूऔषध दुरुपयोगमुक्त समाज निर्माणका लागि अन्तराष्ट्रिय सहकार्य, साझा प्रतिबद्धता र प्रभावकारी प्रयासलाई थप सुदृढ बनाउने लक्ष्यका साथ यो दिवस मनाइँदै आएको छ ।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस