२०८३ श्रावण २८ गते, बिहीबार ०३:२९

रास्वपा केन्द्रीय समिति चयनपछि हरि ढकालको प्रतिक्रिया :संगठन र समावेशिता दुवैमा सुधार

काठमाडौं –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरि ढकालले चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनले समावेशिकरणलाई विशेष प्राथमिकता दिएको दावी गरेका छन् ।

महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित टिमभित्र समावेशिकरणलाई विशेष ध्यान दिइएको बताए । उनले संगठनात्मक सुदृढीकरण, समावेशिता र कार्यकर्ताको भूमिकालाई विशेष रुपमा मूल्यांकन गरिएको पनि बताए । 

ढकालले तल्लो तहसम्म संगठन अझै पूर्ण रूपमा प्रशिक्षित भइनसकेको स्वीकार गर्दै पार्टीभित्रको नेतृत्व चयन प्रक्रियामा कुनै कमजोरी नभएको पनि बताए । उनका अनुसार भूगोलमा सक्रिय रूपमा खटिने, संगठन निर्माण र आन्दोलनमा योगदान दिनेहरुलाई देशभरबाट आएका प्रतिनिधिहरुले विशेष प्राथमिकता दिएको बताए । 

उनले भने, ‘तल्लो तहसम्म संगठन अझै पूर्ण रूपमा प्रशिक्षित भएको छैन, तर प्रतिनिधिहरूले संगठनमा दुःख गर्ने, भूगोलमा खटिने टिमलाई विवेकपूर्वक चयन गर्नुभएको छ । समावेशिताको हिसाबले पनि यस पटकको केन्द्रीय समिति राम्रो बनेको छ । महिलाहरू राजनीतिमा आउन अझै कठिन बाटो पार गर्नुपर्छ, तर सहभागिता बढेको छ । यो सकारात्मक संकेत हो ।’

उनले समग्र निर्वाचन परिणामलाई संकेत गर्दै पार्टीप्रति समर्पित कार्यकर्ताको मेहनतलाई प्रतिनिधिहरूले विवेकपूर्ण ढंगले मूल्यांकन गरेको बताए ।

ढकालले नयाँ केन्द्रीय समिति अघिल्लो संरचनाको तुलनामा सुधारिएको उल्लेख गरे । उनका अनुसार नयाँ टिममा समावेशिता राम्रो रूपमा सुनिश्चित गरिएको छ, यद्यपि केही पक्षमा अझ सुधारको आवश्यकता रहेको उनले संकेत गरे ।

ढकालले विशेषगरी महिलाहरू राजनीतिमा आउनका लागि अझै पनि चुनौतीपूर्ण बाटो पार गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनीहरूको सहभागिता बढ्दै गएकोमा सकारात्मक संकेत देखिएको बताए ।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस