२०८३ श्रावण २८ गते, बिहीबार ०२:२७

अवैध रूपमा भारत बस्दै आएका दुई उज्वेकिस्तानी महिला पक्राउ

वीरगन्ज-

भारतबाट अवैध रूपमा नेपाल प्रवेश गर्न खोज्ने दुई जना उज्वेकिस्तानी महिला नागरिकलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले पक्राउ गरेको छ ।

हरैया थाना अन्तर्गत पर्ने कस्टम चोकस्थित मैत्री पुल नजिकैबाट भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरूमा उज्वेकिस्तानको फरगना जिल्ला निवासी ३२ वर्षीया मखफुजा देखकोनोभा र समरकन्द राज्य निवासी ३५ वर्षीया मफतुना किलिचेभा रहेका छन् ।

लामो समयदेखि अवैध रूपमा भारतमा बस्दै आएका उनीहरू बिनाकुनै वैध कागजात नेपाल छिर्न लागेका थिए । सीमामा तैनाथ एसएसबीको टोलीले शङ्का लागेर जाँच गर्दा उनीहरूको अवैध बसाइ र नेपाल पस्ने योजना खुलेको हो ।

एसएसबीले आवश्यक कानुनी कारबाहीका लागि दुवै उज्वेकिस्तानी महिलालाई स्थानीय हरैया थाना (प्रहरी कार्यालय) मा बुझाएको छ । प्रहरीले उनीहरूमाथि आवश्यक सोधपुछ र अनुसन्धान गर्दै थप कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस