२०८३ श्रावण २८ गते, बिहीबार ०२:२८

थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी सर्वसम्मत

वीरगन्ज

थारु पत्रकार संघ नेपाल, पर्सा जिल्ला शाखाको नयाँ अध्यक्षमा पुनम चौधरी सर्वसम्मत चयन हुनुभएको छ । वीरगन्जमा सम्पन्न जिल्ला अधिवेशनले चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा एन्जल चौधरी, पुरुष उपाध्यक्षमा रामकिशोर चौधरी, सचिवमा अर्जुन चौधरी, सहसचिवमा अजय पञ्जियार र कोषाध्यक्षमा सञ्जय दास थारु चयन हुनुभएको छ ।

अधिवेशनको उद्घाटन सत्र थारु पत्रकार संघ पर्साका अध्यक्ष शम्भु महतो थारुको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा थारु अगुवा तथा सञ्चारकर्मी शान्तकुमार चौधरी प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा सन्तोष दहितको उपस्थिति रहेको थियो ।

त्यसैगरी अतिथिहरू दुष्यन्त चौधरी, परमानन्द चौधरी, शेखर चौधरी, ओम प्रकाश चौधरी लगायत जिल्लाका थारु पत्रकार तथा सञ्चारकर्मीहरूको विशेष उपस्थिति रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष पुनम चौधरीले नयाँ कार्यसमितिले जिल्लामा क्रियाशील थारु पत्रकारहरूको क्षमता अभिवृद्धि र हकहितका लागि काम गर्ने बताउनुभयो । उहाँले समग्र थारु सञ्चारकर्मीहरूलाई एकजुट बनाउँदै थारु पत्रकार संघलाई नयाँ उचाइमा पुर्‍याउने अठोट समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस