२०८३ असार २४ गते, बुधबार २१:२३

वीरगन्जको श्री आदर्श माविमा अनुशासन र सुशासन कायम गर्न विद्यार्थीद्वारा मतदान: २०० जनाको सहभागिता


वीरगन्ज-

वीरगन्ज महानगरपालिका वडा नम्बर १०, आदर्श नगरमा रहेको श्री आदर्श माध्यमिक विद्यालयमा अनुशासन र सुशासन कायम गर्ने उद्देश्यका साथ विद्यार्थीहरूबीच एक विशेष निर्वाचन (मतदान) कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयको आन्तरिक व्यवस्थापनलाई थप व्यवस्थित र मर्यादित बनाउन कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरूको सक्रिय सहभागितामा उक्त कार्यक्रम आयोजना गरिएको हो।

​विद्यार्थीहरूलाई सानै उमेरदेखि जिम्मेवारीबोध गराउन, विद्यालयको नियम पालना गर्न र लोकतान्त्रिक पद्धतिको व्यावहारिक अभ्यास गराउन यो मतदान गराइएको विद्यालय प्रशासनले जनाएको छ। कार्यक्रममा कक्षा ६ देखि १० सम्मका गरी कुल २०० जना विद्यार्थीहरूले उत्साहजनक रूपमा आफ्नो मत खसालेका थिए।

​विद्यालयका कोर्डिनेटर राम नरेश पाण्डेयका अनुसार विद्यार्थीहरूमा नेतृत्व क्षमताको विकास गर्न र विद्यालयभित्र सुशासन तथा अनुशासनको वातावरण बलियो बनाउन यो अभ्यास निकै फलदायी हुनेछ। “विद्यार्थीहरू आफैंले मत दिएर छानेका प्रतिनिधिहरूले विद्यालयको अनुशासन कायम राख्न र विद्यार्थी सरोकारका रचनात्मक कार्यमा विद्यालय प्रशासनलाई सहयोग पुर्‍याउनेछन्,” कोर्डिनेटर पाण्डेयले भन्नुभयो।

श्री आदर्श माध्यमिक विद्यालयमा गरिएको यो फरक र उदाहरणीय अभ्यासले विद्यार्थीहरूलाई निर्वाचन प्रणाली, नागरिक कर्तव्य र लोकतान्त्रिक मूल्य मान्यता बुझ्न मद्दत पुगेको सहभागी विद्यार्थीहरूले बताएका छन्।

प्रतिक्रिया

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, गेटा अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

काठमाडौं- सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, गेटा अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

काठमाडौं- सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल

पोडकास्ट सुन्नुहोस