२०८३ असार ३२ गते, बिहीबार १३:२१

सिरहाबाट पेस्तोलसहित भारतीय नागरिक पक्राउ

सिरहा-

सिरहाको सिरहा नगरपालिका–७ बाट प्रहरीले एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने दुई थान गोलीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार नियमित सवारी चेकजाँचका क्रममा भारतको बिहार राज्य निवासी २६ वर्षीय रोशन कुमार यादवलाई पक्राउ गरिएको हो।

प्रहरीले बीआर–०७ जेड–४२१५ नम्बरको भारतीय नम्बर प्लेट भएको मोटरसाइकल रोकी जाँच गर्दा मोटरसाइकलमा लुकाइराखिएको एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएको जनाएको छ। त्यसपछि यादवलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखी हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस