२०८३ श्रावण ५ गते, मंगलवार २२:१३

कालिकामाई गाउँपालिकाका कर्मचारीमाथि कुटपिट गर्ने वडाध्यक्ष संजय पटेल पक्राउ

वीरगन्ज

पर्साको कालिकामाई गाउँपालिकाका कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा वडा नम्बर ३ का वडाध्यक्ष संजय पटेल पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले उनलाई कालिकामाई गाउँपालिका–३ हरिहरपुरबाट नियन्त्रणमा लिएको हो।

गत असार २३ गते गाउँ कार्यपालिकाको कार्यालयभित्रै आफ्नो जिम्मेवारी सम्हालिरहेका कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि कुटपिट तथा दुर्व्यवहार भएको थियो। कार्यालय समयमै कर्मचारीमाथि योजनाबद्ध रूपमा आक्रमण गरिएको भन्दै गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरू दोषीमाथि कडा कारबाहीको माग गर्दै आन्दोलित बनेका थिए।

प्रहरीका अनुसार कार्यालयभित्रै भएको उक्त कुटपिटको घटनामा अभद्र व्यवहार मुद्दाअन्तर्गत वडाध्यक्ष पटेललाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका पटेललाई म्याद थप तथा आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न अन्य आरोपितहरूको खोजी कार्य तीव्रताका साथ भइरहेको र उनीहरूलाई पनि चाँडै नियन्त्रणमा लिइने प्रहरीले जनाएको छ। कर्मचारीमाथि भएको आक्रमणका दोषी पक्राउ परेसँगै गाउँपालिकाको सेवा प्रवाह सुचारु हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

जितपुरसिमराले गैरकानुनी कर उठाएको भन्दै वीरगन्ज उद्योग वाणिज्य संघ आक्रोशित: असुल गरिएको रकम फिर्ता गर्न माग

वीरगन्ज– जीतपुर सिमरा उपमहानगरपालिकाले कानुनविपरीत विभिन्न शीर्षकमा कर तथा शुल्क

सिर्सिया नदी प्रदूषित गर्ने १० उद्योगमाथि कारबाही: प्रतिउद्योग १० लाख जरिवाना, नतिरे तेब्बर लाग्ने

वीरगन्ज– वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगहरूले रसायनयुक्त फोहोरपानी बगाएर सिर्सिया नदीलाई

पोडकास्ट सुन्नुहोस