२०८३ श्रावण ५ गते, मंगलवार २३:१८

प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा

काठमाडौं –

प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा सार्वजनिक भएको छ । यो मलेसियन कार ब्रान्ड हो । 

नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले एक कार्यक्रमबीच ई मास फाइभ प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा कार उपलब्ध गराएको हो । 

कारको मूल्य क्रमशः २९ लाख ९९ हजार र ३४ लाख ९९ हजार रुपैयाँ तय गरिएको छ।

यसअघि प्रोटोनको ई मास सेभेन नेपाली बजारमा उपलब्ध गराइएको थियो। अहिले ई मास फाइभ रेयर ह्वील ड्राइभ अप्सनमा आएको हो ।

ई मास फाइभको प्राइम भेरिएन्टमा ३०.१२ किलोवाट आवर तथा प्रिमियम भेरिएन्टमा ४०.१६ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ।

जसले एकपटकको फुलचार्जमा क्रमशः २ सय २५ किमी र ३ सय २५ किमी रेन्ज दिने दाबी कम्पनीले गरेको छ। ई मास फाइभको प्राइम भेरिएन्टमा ५८ किलोवाट र प्रिमियम भेरिएन्टमा ८५ किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ।

कारको इन्टेरियरमा १४.६ इन्चको स्क्रिन, ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, मल्टिफंसनल स्टेयरिङ ह्वील, ५० वाटको वायरलेस चार्जर, एम्बियन्ट लाइट र किलेस इन्ट्रीलगायत विशेषता उपलब्ध छन्। सुरक्षाका लागि कारमा ६ वटा एयरब्याग, एडास र ३६० डिग्री क्यामेरा राखिएका छन्।

प्रोटोन ई मास फाइभले मलेसियाको प्रतिष्ठित एलायन्ज डीएसएफ भेइकल अफ द इयर अवार्डमा ‘इलेक्ट्रिक कम्प्याक्ट भेइकल अफ द इयर, २०२६’ उपाधि प्राप्त गरिसकेको छ।

प्रतिक्रिया

जितपुरसिमराले गैरकानुनी कर उठाएको भन्दै वीरगन्ज उद्योग वाणिज्य संघ आक्रोशित: असुल गरिएको रकम फिर्ता गर्न माग

वीरगन्ज– जीतपुर सिमरा उपमहानगरपालिकाले कानुनविपरीत विभिन्न शीर्षकमा कर तथा शुल्क

सिर्सिया नदी प्रदूषित गर्ने १० उद्योगमाथि कारबाही: प्रतिउद्योग १० लाख जरिवाना, नतिरे तेब्बर लाग्ने

वीरगन्ज– वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगहरूले रसायनयुक्त फोहोरपानी बगाएर सिर्सिया नदीलाई

पोडकास्ट सुन्नुहोस