२०८३ श्रावण ६ गते, बुधबार ०२:०६

लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस दृढ छ: पूर्वप्रधानमन्त्री देउवा

काठमाडौँ

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जननायक बिपी कोइरालाको स्मृति दिवसका अवसरमा लोकतन्त्र, संविधान र जनअधिकारको रक्षाका लागि नेपाली कांग्रेस सधैँ दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्मृति दिवसका अवसरमा दुई पृष्ठ लामो विशेष सन्देश जारी गर्दै देउवाले बिपी कोइरालाको राष्ट्रवाद, प्रजातन्त्र र समाजवादप्रतिको अटल विश्वास नै आज पनि नेपाली राजनीतिको मुख्य मार्गदर्शक रहेको उल्लेख गरेका छन्। आफूले बिपीकै नेतृत्वमा राजनीतिक यात्रा सुरु गर्न पाउनु जीवनकै ठुलो सौभाग्य भएको भन्दै उनले बिपीको लोकतान्त्रिक संस्कारले आफ्नो सम्पूर्ण राजनीतिक जीवनलाई दिशानिर्देश गरेको स्मरण गरेका छन्।

विगत छ दशकभन्दा बढी समय साधारण कार्यकर्तादेखि पार्टी नेतृत्वसम्म रहँदा निरंकुशता र अधिनायकवादविरुद्ध कठोर संघर्ष गर्नुपरेको बताउँदै देउवाले भनेका छन्, “जेल, प्रतिबन्ध र राजनीतिक दमनका बीच पनि लोकतन्त्र, संवैधानिकता र जनअधिकारप्रतिको मेरो विश्वास कहिल्यै डगमगाएन।”

पछिल्ला राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै पूर्वप्रधानमन्त्री देउवाले फरक विचारप्रतिको असहिष्णुता, राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग र पूर्वाग्रहका आधारमा गरिने दमन लोकतान्त्रिक समाजका लागि सह्य नहुने चेतावनी दिएका छन्। साथै, न्यायपालिका र संवैधानिक निकायहरूमाथि दबाब सिर्जना गर्ने संकेतहरू देखिनुले लोकतन्त्रलाई कमजोर बनाउने उहाँको भनाइ छ।

प्रजातन्त्र भनेको जनताको सामूहिक आत्मनिर्णयको अधिकार र जनमत नै राष्ट्रको भविष्य निर्धारण गर्ने सर्वोच्च शक्ति भएको उल्लेख गर्दै उनले लोकतन्त्रको रक्षा गर्नु नै राष्ट्रको रक्षा गर्नुभएको स्पष्ट पारे।

देउवाले बिपी कोइरालाको ‘राष्ट्रिय मेलमिलापको नीति’ आजको समयमा पनि उत्तिकै सान्दर्भिक रहेको औँल्याउँदै देशलाई विभाजन नभई एकता, प्रतिशोध नभई सहकार्य आवश्यक रहेको बताएका छन्। उनले राष्ट्रहित, सामाजिक न्याय र समानताका लागि सबै राजनीतिक शक्ति, नागरिक समाज, युवा र आम जनतालाई लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा एकजुट हुन आह्वानसमेत गरेका छन्।

प्रतिक्रिया

जितपुरसिमराले गैरकानुनी कर उठाएको भन्दै वीरगन्ज उद्योग वाणिज्य संघ आक्रोशित: असुल गरिएको रकम फिर्ता गर्न माग

वीरगन्ज– जीतपुर सिमरा उपमहानगरपालिकाले कानुनविपरीत विभिन्न शीर्षकमा कर तथा शुल्क

सिर्सिया नदी प्रदूषित गर्ने १० उद्योगमाथि कारबाही: प्रतिउद्योग १० लाख जरिवाना, नतिरे तेब्बर लाग्ने

वीरगन्ज– वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगहरूले रसायनयुक्त फोहोरपानी बगाएर सिर्सिया नदीलाई

जितपुरसिमराले गैरकानुनी कर उठाएको भन्दै वीरगन्ज उद्योग वाणिज्य संघ आक्रोशित: असुल गरिएको रकम फिर्ता गर्न माग

वीरगन्ज– जीतपुर सिमरा उपमहानगरपालिकाले कानुनविपरीत विभिन्न शीर्षकमा कर तथा शुल्क

सिर्सिया नदी प्रदूषित गर्ने १० उद्योगमाथि कारबाही: प्रतिउद्योग १० लाख जरिवाना, नतिरे तेब्बर लाग्ने

वीरगन्ज– वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगहरूले रसायनयुक्त फोहोरपानी बगाएर सिर्सिया नदीलाई

पोडकास्ट सुन्नुहोस