२०८३ श्रावण ११ गते, सोमबार १७:४५

देवानगञ्ज घटनाबारे शान्ति, सद्भाव र निष्पक्ष छानबिनको माग

काठमाठौं –

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबिच झडप हुँदा एक युवकको मृत्यु भएको छ । भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् ।

यसै घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियार, सांसद दीपककुमार साह तथा पार्टीका नेता वीरेन्द्र केएमले आज (सोमबार) गृहमन्त्री सुधन गुरुङलाई भेटघाट गरी छलफल गरेका छन् । 

उनिहरुले भेटघाटको क्रममा घटनाको सत्यतथ्य सार्वजनिक गर्न स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन आवश्यक रहेको बताए । उनीहरुले घटनाप्रति सरकारको विशेष ध्यानाकर्षण गराइएका हुन् । 

दोषी जोसुकै भए पनि कानुनबमोजिम कारबाही हुनुपर्ने र पीडितले न्याय पाउनुपर्ने माग गरेका छन् । 

झडपपछि जिल्ला प्रशासन कार्यालयले पाँच क्षेत्रमा अनिश्चितकालिन कफ्र्यु आदेश जारी गरेको छ । 

सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भाव साझा शक्ति भएकाले सबै पक्षलाई शान्ति, सहिष्णुता र कानुनी प्रक्रियामा विश्वास राख्दै समाजमा सद्भाव कायम राख्न अनुरोध समेत गरे । 

गृहमन्त्रीले घटनालाई निष्पक्ष रूपमा अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे । उनले घटनालाई राजनीतिक वा धार्मिक रूपमा उग्र बनाउने प्रयास स्वीकार्य नहुने स्पष्ट पार्दै, धार्मिक आवरणमा अवैध गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी प्रक्रिया अघि बढाउने बताए ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस