काठमाडौँ-
पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले सुनसरी जिल्लाका विभिन्न भागमा भएको धार्मिक तथा सामाजिक विवाद र द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै सबै नेपालीलाई सद्भाव र शान्ति कायम राख्न अपिल गर्नुभएको छ।
निर्मल निवासस्थित संवाद सचिवालयद्वारा जारी सद्भाव सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले नेपाल निर्माणको सुरुवाती समयदेखि नै विभिन्न जातजाति र समुदाय आपसमा मिलिजुली, सुख-दुःख बाँध्दै बस्दै आएको उल्लेख गर्नुभएको छ।
बहुजातीय, बहुभाषिक, र बहुसांस्कृतिक विशेषता बोकेको नेपाली समाजको आफ्नै धर्म, संस्कृति र रीतिस्थिति रहेको जनाउँदै उहाँले भन्नुभएको छ, “नेपालको यो विशिष्ट धार्मिक, सांस्कृतिक एवम् सामाजिक गुणका कारण नै विश्वमा हाम्रो सम्मान रहेको छ। यस्तो विशेषता र गौरव गरिमालाई हामीले गुम्न दिनु हुँदैन।”
केही दिनअघि सुनसरीका केही गाउँबस्तीमा भड्किएको आपसी द्वन्द्वबाट जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराइका विभिन्न भू-भागमा फैलिन गई जनजीवन अशान्त बनेको खबरले दुःखी तुल्याएको सन्देशमा उल्लेख छ। सामाजिक सामञ्जस्यका लागि परिचित नेपालमा यस किसिमका अवाञ्छित घटना घट्नु चिन्ताको विषय र नेपालको मौलिक मूल्य-मान्यता विपरीत भएको उहाँले बताउनुभएको छ।
देशको जुनसुकै भू-भागमा रहेका भए पनि सम्पूर्ण नेपालीहरू एक आपसमा मिलेर बस्नु नै आजको आवश्यकता भएकोमा जोड दिँदै उहाँले सामाजिक सद्भाव बिग्रिने खालका कुनै पनि काम कसैबाट हुन नहुने आग्रह गर्नुभएको छ।

नगर प्रमुखको निवासमा ४, उपप्रमुखको निवासमा २ नगर प्रहरी परिचालन : सचिवालय
वीरगन्ज– वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको सचिवालय र निजी निवासमा











