२०८३ श्रावण १८ गते, सोमबार १०:५०

विराटनगरको औद्योगिक घराना देवनारा ग्रुपमा प्रहरीको छापा

विराटनगर-

प्रहरीले विराटनगरस्थित औद्योगिक घराना देवनारा ग्रुपमा छापा मारेको छ। समूहका सञ्चालकको विराटनगर महानगरपालिका–७, मेघराज मार्गस्थित निवासमा पुगेको प्रहरी टोलीले खानतलासी गरेको हो।

प्रहरीले सोमबार बिहानैदेखि उक्त घरलाई घेरा हालेर खानतलासी गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोली घटनास्थलमा खटिएको भए पनि छापाको कारणबारे प्रहरीले आधिकारिक रूपमा कुनै जानकारी दिएको छैन।

प्रहरी टोली बिहान करिब ४ः४५ बजे उक्त स्थानमा पुगेको थियो। यस समूहका प्रमुख सञ्चालक उद्योगी प्रकाश मुन्दडा हुन्। उनले बाबा रिफाइनरी, जेजे ज्वेलर्स, बाबा जुट मिल, हाइलाइफ चप्पललगायतका उद्योग सञ्चालन गर्दै आएका छन्।

मुन्दडाले साबुनलगायत अन्य उद्योगमा पनि संयुक्त रूपमा लगानी गरेका छन्। उनी मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्षसमेत हुन्।

गोल्छा मोडदेखि पण्डित मेघराज शर्मा मार्गसम्म प्रहरीको बाक्लो उपस्थिति रहेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस