२०८३ श्रावण १९ गते, मंगलवार ११:२३

प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिवेदनदेखि भूमिहीनको मुद्दासम्म, आज प्रतिनिधिसभामा महत्वपूर्ण छलफल

काठमाडौं-

प्रतिनिधिसभाको बैठक आज मंगलबार दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन’ प्रतिनिधिसभामा पेस गर्ने कार्यसूची रहेको छ।

बैठकमा प्रधानमन्त्रीको तर्फबाट प्रस्तुत हुने उक्त प्रतिवेदनसँगै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानसम्बन्धी विषयमा पनि संसदमा गम्भीर छलफल हुने भएको छ।

नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आज प्रतिनिधिसभामा छलफल हुनेछ। प्रस्तावमा वास्तविक भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी उनीहरूको संरक्षण, सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा, जीविकोपार्जनको सुनिश्चितता, उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापना तथा यथाशीघ्र लालपुर्जा वितरणको व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको छ।

उक्त प्रस्तावलाई सांसद ऐनबहादुर महर, युवराज दुलाल र आरेन राईले समर्थन गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट प्रस्तुत हुने वार्षिक प्रतिवेदन र भूमिहीन नागरिकको अधिकारसँग जोडिएको प्रस्ताव मुख्य आकर्षणका रूपमा रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

‘उद्योगीलाई अपराधीजस्तो व्यवहार’- विराटनगर घटनापछि निजी क्षेत्र आक्रोशित, लगानीको वातावरण बिग्रँदै गएको चेतावनी

विराटनगर- राज्यका निकायले उद्योगी–व्यवसायीलाई सधैं शंकाको दृष्टिले हेर्ने र अनुसन्धानका

‘उद्योगीलाई अपराधीजस्तो व्यवहार’- विराटनगर घटनापछि निजी क्षेत्र आक्रोशित, लगानीको वातावरण बिग्रँदै गएको चेतावनी

विराटनगर- राज्यका निकायले उद्योगी–व्यवसायीलाई सधैं शंकाको दृष्टिले हेर्ने र अनुसन्धानका

पोडकास्ट सुन्नुहोस