२०८३ श्रावण १९ गते, मंगलवार १४:३४

सुनसरीको देवानगञ्ज झडप प्रकरण: प्रहरीको गोली लागेर घाइते भएका थप एक जनाको मृत्यु, मृतकको सङ्ख्या ३ पुग्यो

सुनसरी

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबिच भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

गत साउन १० गते राति भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका देवानगञ्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको मङ्गलबार बिहान काठमाडौँस्थित शिक्षण अस्पताल (टिचिङ) मा उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) पुष्पराज मल्लले रवीन्द्रको मृत्यु भएको पुष्टि गरेका छन्।

प्रहरीका अनुसार रवीन्द्रको बायाँ तिघ्रामा गोली लागेको थियो। स्थानीयस्तरमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो। उपचारका क्रममा उनको बायाँ खुट्टा काटिएको भए पनि स्वास्थ्य स्थितिमा सुधार आउन नसक्दा मङ्गलबार बिहान उनको निधन भएको हो।

यससँगै देवानगञ्ज झडप प्रकरणमा प्रहरीको गोली लागेर ज्यान गुमाउनेको सङ्ख्या ३ पुगेको छ। यसअघि सोही घटनामा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनाकै दिन मृत्यु भएको थियो भने देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा गत बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो।

प्रतिक्रिया

सुनसरीको देवानगञ्ज झडप प्रकरण: प्रहरीको गोली लागेर घाइते भएका थप एक जनाको मृत्यु, मृतकको सङ्ख्या ३ पुग्यो

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबिच भएको झडपका क्रममा

मधेश प्रदेशभर ग्यासको हाहाकार: उपभोक्ता र साना व्यवसायी सास्ती भोग्न बाध्य, आपूर्ति प्रभावित भएको व्यवसायीको दाबी

वरिगन्ज- मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति

पोडकास्ट सुन्नुहोस