२०८३ श्रावण १९ गते, मंगलवार २१:२६

पर्सा प्रहरीद्वारा विभिन्न मुद्दाका १३ जना फरार प्रतिवादी पक्राउ

वीरगन्ज-

जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट सजाय र जरिवाना तोकिएर फरार रहेका १३ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ

पर्सा जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयनका क्रममा विशेष प्रहरी टोलीले मंगलबार उनीहरूलाई नियन्त्रणमा लिई अदालतमा दाखिला गराएको हो।

पक्राउ पर्नेहरूमा चेक अनादर मुद्दाका ६ जना, घरेलु हिंसाका ३ जना, कुटपिट मुद्दाका २ जना, चोरी मुद्दाका १ जना र बिगो भरी भराउ मुद्दाका १ जना रहेका छन्

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र बहादुर मल्लका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट कुल २ वर्ष कैद र रु. ३३,५०० जरिवाना असुल हुन बाँकी रहेको थियो

पक्राउ परेकाहरूमध्ये बिगो भरी भराउ मुद्दाका १ जनालाई २ वर्ष कैद तोकिएको थियो भने अन्य मुद्दाका प्रतिवादीहरूलाई जरिवाना फैसला गरिएको थियो। प्रहरीले फरार अभियुक्तहरू पक्राउ गरी अदालतमा बुझाउने अभियानलाई निरन्तरता दिँदै आएको छ

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस