२०८३ श्रावण २० गते, बुधबार ११:५१

सिरहामा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ, हतियारको स्रोतबारे अनुसन्धान तीव्र

सिरहा –

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी दास टोलबाट प्रहरीले एक थान पेस्तोल र म्याग्जिनसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लहान नगरपालिका–२२, सलोखरीका १९ वर्षीय सञ्जय दास, सोही स्थानका २० वर्षीय गुरुदेव दास तथा लक्ष्मीपुर पतारी गाउँपालिका–६ का २० वर्षीय साबरजित दास रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार मंगलबार राति करिब १०ः३० बजे फुलबारीबाट आउँदै गरेका उनीहरूलाई प्रहरी चौकी सितापुरबाट प्रहरी सहायक निरीक्षक प्रदीप मधुवन यादवको नेतृत्वमा खटिएको टोलीले शंकाको आधारमा रोकी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा साबरजित दासको साथबाट एक थान पेस्तोल र एउटा म्याग्जिन बरामद भएपछि तीनै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

एसपी पाठकका अनुसार पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ। बरामद हतियारको स्रोत, नेपालमा कसरी ल्याइयो, यसको प्रयोगको उद्देश्य तथा यसमा अन्य व्यक्तिको संलग्नता रहेको वा नरहेको विषयमा प्रहरीले गहन अनुसन्धान गरिरहेको छ।

प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाउँदै अनुसन्धानको निष्कर्षका आधारमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने जनाएको छ।

प्रतिक्रिया

नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति, अनसन

नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति, अनसन

पोडकास्ट सुन्नुहोस