२०८३ श्रावण २२ गते, शुक्रबार ११:३१

चार निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले चार वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

कार्यालयले शुक्रबार सूचना जारी गर्दै कालोसूचीमा परेका चार निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो।

सूचनाअनुसार सम्बन्धित सार्वजनिक निकायको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१०) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी उनीहरूलाई कालोसूचीमा राखिएको हो।

कार्यालयका अनुसार कालोसूचीमा परेका निर्माण कम्पनी तथा आपूर्तिकर्ताले कालोसूचीको अवधि भर कुनै पनि सार्वजनिक निकायले आह्वान गर्ने खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस