२०८३ श्रावण २८ गते, बिहीबार १६:५६

स्वदेश फर्किएलगत्तै गर्जिए देउवा: “ज्ञानेन्द्रले त सकेनन्, अरूले के सक्छन्?”

काठमाडौँ

लामो समयको विदेश बसाइपछि स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकारप्रति कडा आक्रोश व्यक्त गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली कांग्रेसका सयौँ नेता-कार्यकर्ताको र्‍यालीसहित चुनदेवीस्थित निवास पुगेका देउवाले सम्बोधनका क्रममा सरकारले आफूविरुद्ध राजनीतिक प्रतिशोध साध्न खोजेको आरोप लगाए।

गत भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा भएको आक्रमणमा घाइते भएपछि उपचारका क्रममा गत फागुन १३ गते सिंगापुर हुँदै हङकङ पुगेका देउवा बिहीबार काठमाडौँ फर्किएका हुन्।

“अदालत र अन्तर्राष्ट्रिय निकायले नहुने भनेपछि बलजफ्ती गरियो”

सम्बोधनका क्रममा पटक-पटक आक्रोशित देखिएका पूर्वप्रधानमन्त्री देउवाले आफूलाई पक्राउ गर्न वा मुद्दा चलाउन सरकारले निरन्तर बदमासी गरिरहेको दाबी गरे।

“राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छन् यहाँ? संविधानसभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको हो। हामीले ल्याएको गणतन्त्रमा अहिलेको सरकारले बदमासी गर्दैछ,” आक्रोशित हुँदै देउवाले भने, “अन्तर्राष्ट्रिय संस्थाले पक्राउ गर्न मिल्दैन भनिसकेको छ। यहाँको अदालतले पनि नपक्रिनु भनेको छ, तर अझै बलजफ्ती मुद्दा लगाउने र बदमासी गर्ने काम भइरहेको छ। हामी यसको जवाफ भोलि दिनेछौँ।”

सरकारले आफूविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी गराउने र पक्राउ गर्ने प्रयास गरे पनि अदालत र अन्तर्राष्ट्रिय निकायका कारण सफल हुन नसकेको देउवा पक्षको दाबी छ।

“नेपाली जनता नै यो देशका वास्तविक मालिक हुन्”

समर्थकहरूको ठूलो उपस्थितिबीच चुनदेवी पुगेका देउवाले देशको सर्वोच्च शक्ति जनता नै भएको उल्लेख गरे। गणतन्त्र कुनै व्यक्ति विशेषको चाहनाले मात्र नआएको स्पष्ट पार्दै उनले भने, “संविधानसभाले ल्याएको हो गणतन्त्र। मैले चाहँदा आएको पनि होइन, मैले चाहेर जाँदैन पनि। नेपाली जनता सबैभन्दा ठूलो कुरा हो, नेपाली जनता नै नेपालको मालिक हो।”

यसैगरी, पञ्चायतकालदेखि नै सर्वोच्च अदालतले निष्पक्ष न्याय दिँदै आएको स्मरण गराउँदै उनले देशको न्यायपालिका र जनताप्रति आफूलाई पूर्ण विश्वास रहेको बताए। सरकारको गैरकानुनी र पूर्वाग्रहपूर्ण गतिविधिविरुद्ध अदालत र जनता स्वयं उभिने देउवाको चेतावनी थियो।

देउवाको यस आक्रामक पुनरागमन र अभिव्यक्तिसँगै वर्तमान राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा भएको छ।

प्रतिक्रिया

त्रिविका विद्यार्थीलाई उपचारमा ९० प्रतिशतसम्म छुट, जानकारी र झन्झटिलो प्रक्रियाले सुविधा उपयोग गर्नै कठिन

काठमाडौं- त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी बिरामी पर्दा स्वास्थ्य उपचारमा ९०

त्रिविका विद्यार्थीलाई उपचारमा ९० प्रतिशतसम्म छुट, जानकारी र झन्झटिलो प्रक्रियाले सुविधा उपयोग गर्नै कठिन

काठमाडौं- त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी बिरामी पर्दा स्वास्थ्य उपचारमा ९०

पोडकास्ट सुन्नुहोस