२०८३ भाद्र २६ गते, शुक्रबार २३:१६

क्यासिनोबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष यादव र इन्सपेक्टर पौडेलसहित ८ जनामाथि चार दिनको म्याद थप

वीरगन्ज

पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रदीप पौडेलसहित पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार थप चार दिनको म्याद थपेको छ।

​वीरगन्जको गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिगर क्यासिनोबाट नियन्त्रणमा लिइएका उनीहरूमाथि यसअघि पहिलो चरणमा ६ दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको थियो। उक्त म्याद सकिएपछि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय पर्साले पुनः चार दिनको म्याद स्वीकृत गरेको हो।

​पक्राउ परेका सम्पूर्ण अभियुक्तहरूमाथि मुलुकी अपराध संहिता बमोजिम गैरकानुनी जुवा तथा सट्टेबाजीसम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको छ। घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साले थप अनुसन्धान तीव्र पारिएको जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस