२०८३ भाद्र २९ गते, सोमबार ०२:१५

नेपाली कांग्रेसको इतर समूहद्वारा १५ औँ महाधिवेशनका लागि एकराज पोख्रेल निर्वाचन समिति संयोजक चयन

काठमाडौँ

नेपाली कांग्रेसको इतर समूहले आगामी १५ औँ केन्द्रीय महाधिवेशन सञ्चालनका लागि संखुवासभाका एकराज पोख्रेललाई केन्द्रीय निर्वाचन समितिको संयोजक तोकेको छ। महाधिवेशन तयारी समितिका तर्फबाट सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलले भदौ २८ गते निर्णय सार्वजनिक गर्दै पोख्रेललाई सो जिम्मेवारी दिइएको जानकारी गराएका हुन्।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३५ बमोजिम पोख्रेललाई केन्द्रीय निर्वाचन समितिको संयोजक बनाउने निर्णय गरिएको हो। इतर समूहले १५ औँ केन्द्रीय महाधिवेशन आगामी २०८३ साल मंसीर २१, २२ र २३ गते काठमाडौँमा सम्पन्न गर्ने गरी आन्तरिक कार्यतालिका तय गरिसकेको छ।

महाधिवेशनका बाँकी प्राविधिक तथा निर्वाचनसम्बन्धी प्रक्रियालाई निष्पक्ष र व्यवस्थित ढंगले अघि बढाउन निर्वाचन समिति संयोजक तोकिएको सचिवालय समन्वय समितिले जनाएको छ। महाराजगञ्जस्थित सम्पर्क कार्यालयबाट जारी पत्रअनुसार निर्देशानुसार यो निर्णय गरी मातहतका सबै संरचनालाई जानकारी गराइएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस