२०८३ भाद्र २९ गते, सोमबार ०२:१३

२०औँ एसियाली खेलकुदका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा

काठमाडौँ

आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुद (आइची–नागोया २०२६) का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटीले आइतबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको हो।

घोषित टोलीमा कप्तान दीपेन्द्रसिंह ऐरीसहित रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, ललित राजवंशी, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा र शेर मल्ल रहेका छन्।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल रहेका छन् भने टिम लिडरको जिम्मेवारी विनोद दासले पाएका छन्। यस्तै, प्रशिक्षकमा अब्दुर सतार, मेडिकल पर्सोनेलमा लोकेन्द्र कुँवर र टेक्निकल पर्सोनेलमा रमन शिवाकोटी रहेका छन्।

जापानको आइची र नागोया सहरमा असोज ३ देखि १८ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताअन्तर्गत क्रिकेटमा नेपालले समूह चरणमा आयोजक जापान र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

यसपटकको एसियाली खेलकुदमा नेपालका तर्फबाट क्रिकेटसहित विभिन्न २२ खेलका १३५ खेलाडी सहभागी हुँदैछन्। खेलाडी, प्रशिक्षक, व्यवस्थापक र प्राविधिक गरी नेपालबाट कुल १८४ जनाको सहभागिता रहने जनाइएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस