२०८३ भाद्र ३१ गते, बुधबार ०५:०८

विशेष महाधिवेशन अवैधानिक, १५औँ महाधिवेशनमा सहभागी नहुन देउवाको अपिल

file pic

काठमाडौँ

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी असोज ३ गतेदेखि सुरु हुने पार्टीको १५औँ महाधिवेशनमा सहभागी नहुन नेता तथा कार्यकर्ताहरूलाई अपिल गरेका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले विशेष महाधिवेशन नै अवैधानिक रहेको दाबी गर्दै त्यसबाट गठित केन्द्रीय कार्यसमितिले आह्वान गरेको महाधिवेशनमा सहभागी नहुन आग्रह गरेका हुन्।

विशेष महाधिवेशनको वैधतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र सर्वोच्चको पूर्ण इजलासले पुनरावलोकनको निस्सा समेत प्रदान गरिसकेको अवस्थामा अन्तिम निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि, विधान र कानुनी सिद्धान्तविपरीत हुने देउवाको भनाइ छ।

‘एकातिर अदालतमा मुद्दा विचाराधीन राख्ने र अर्कोतिर त्यसको अन्तिम निर्णय नहुँदै महाधिवेशन अघि बढाउने कार्य विरोधाभासपूर्ण छ,’ देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन्। राजनीतिक, नैतिक, कानुनी तथा संवैधानिक कुनै पनि दृष्टिले यस्तो अवस्थामा महाधिवेशन अघि बढाउनु उपयुक्त नहुने दाबी उनले गरेका छन्।

यसअघि मुद्दा पुनरावलोकनमा रहेकै अवस्थामा देउवाले वारेसमार्फत सर्वोच्च अदालतमा पूरक निवेदन दिँदै महाधिवेशनको कार्यतालिका रोक्न माग गरेका थिए। तर, सर्वोच्च अदालतले उनको माग दाबी अनुसार अन्तरकालीन आदेश नदिएपछि १५औँ महाधिवेशनको प्रक्रिया अगाडि बढेको हो।

प्रतिक्रिया

विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि मन्त्री महावीर पुनसँग बहस: जेन जि पर्साका संयोजक बिशेष साहको पहल

काठमाडौँ — सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन

विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि मन्त्री महावीर पुनसँग बहस: जेन जि पर्साका संयोजक बिशेष साहको पहल

काठमाडौँ — सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन

पोडकास्ट सुन्नुहोस