२०८३ भाद्र ३१ गते, बुधबार ०५:०७

राष्ट्रिय बजरङ्ग दलद्वारा वीरगञ्जको काली माई मन्दिर परिसरमा सरसफाइ तथा पूजा-आराधना

वीरगन्ज — राष्ट्रिय बजरङ्ग दल पर्साले वीरगन्ज महानगरपालिका वडा नं. १६ स्थित त्रिशूल चोक, काली माई मन्दिर तथा छठ पूजा स्थलमा सरसफाइ एवम् पूजा-आराधना कार्यक्रम सम्पन्न गरेको छ।

राष्ट्रिय बजरङ्ग दलका पर्सा जिल्ला अध्यक्ष विवेक सिन्हाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला तथा स्थानीय कमिटीका पदाधिकारी एवम् सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। टोलीले मन्दिर परिसरमा सरसफाइ गर्नुका साथै हनुमानजीको मन्दिर र श्री काली माई मन्दिरमा विशेष पूजा-आराधना गरी धार्मिक स्थलको संरक्षण र व्यवस्थापनप्रति ऐक्यबद्धता जनाएको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष सिन्हाले समाजमा आपसी सद्भाव, भाइचारा र एकता कायम राख्दै धार्मिक तथा सामाजिक स्थलहरूको निरन्तर संरक्षण गर्नु आफूहरूको मुख्य उद्देश्य रहेको बताए। उनले मन्दिर र समाज साझा सम्पत्ति भएकाले यसको हेरचाह र संरक्षणमा वडा नं. १६ का सम्पूर्ण समाजसेवी, दाजुभाइ तथा दिदीबहिनीहरूलाई मन, वचन र कर्मले जुट्न अपिलसमेत गरे।

आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा धार्मिक स्थलहरूको संरक्षण र सरसफाइ अभियानलाई निरन्तरता दिइने आयोजकले जनाएको छ।

प्रतिक्रिया

विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि मन्त्री महावीर पुनसँग बहस: जेन जि पर्साका संयोजक बिशेष साहको पहल

काठमाडौँ — सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन

विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि मन्त्री महावीर पुनसँग बहस: जेन जि पर्साका संयोजक बिशेष साहको पहल

काठमाडौँ — सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन

पोडकास्ट सुन्नुहोस