२०८३ भाद्र ३१ गते, बुधबार १८:०२

कोशी ब्यारेजमा पानीको बहाव १ लाख ८५ हजार, २४ ढोका खुल्ला


इनरुवा-

पूर्वी पहाडि तथा तराईका केही जिल्लामा भएको बर्षाका कारणले सप्तकोशी नदीमा कोसी ब्यारेज भएर वग्ने पानीको बहावमा बृद्धि भएको छ ।

मङगलबार राति ८ :१५ बजे गरिएको मापन अनुसार सप्तकोशी नदीमा कोसी ब्यारेज भएर पानीको बहाव १ लाख ८५ हजार ४८० क्युसेक प्रतिसेकेण्ड रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

पानीको बहाव बढेसँगै ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बाल्नुका साथै रातो झण्डा समेत फहराइएको छ ।
नदीमा पानीको बहाव बढिरहेको अवस्थामा कोशी नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको उहाँले बताउनुभयो ।
नदीमा पानीको सतह बढ्न सक्ने भएकाले तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउनका लागि आग्रह गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस