वीरगन्ज –
जग्गासम्बन्धी विभिन्न विवादमा नाम जोडिएका पूर्व नापी कर्मचारी सञ्जय कुमार ठाकुरलाई पर्सा जिल्ला अदालतले २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
वादी स्काईलाईन इन्फ्रा लिमिटेडका तर्फबाट अख्तियार प्राप्त कर्मचारी लीलानाथ नेपालले दिएको जाहेरीका आधारमा ठाकुरलाई गत भदौ २३ गते विशेष टोलीले काठमाडौँबाट पक्राउ गरेको थियो। उनीमाथि ‘आपराधिक लाभ लिने उद्योग’ (एक्सटोर्सन) सम्बन्धी मुद्दा चलाइएको थियो।
पर्सा जिल्ला अदालतको इजलास नम्बर १० मा माननीय जिल्ला न्यायाधीश मोहनबहादुर अधिकारीको इजलासले उक्त मुद्दामा सुनुवाइ गर्दै उनलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको ठाकुरका आफन्तले जानकारी दिएका छन्।













