२०८३ आश्विन ८ गते, बिहीबार १४:२४

५५ जिल्लामा संयोजक तोक्दा मधेसका आठै जिल्ला छुटे, देउवा समूहको समानान्तर महाधिवेशन तयारीमा प्रश्न

वीरगन्ज

नेपाली कांग्रेसको समानान्तर महाधिवेशनको तयारीलाई तीव्रता दिँदै निवर्तमान सभापति शेरबहादुर देउवा समूहले देशका ५५ जिल्लामा संयोजक तोकेको छ । तर कांग्रेसको संगठनका हिसाबले महत्वपूर्ण मानिने मधेस प्रदेशका आठै जिल्लामा भने हालसम्म संयोजक तोकिएको छैन ।

पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको १५औँ महाधिवेशन तयारी समितिले विभिन्न जिल्लामा अधिवेशन सम्पन्न गराउन संयोजक तोक्दै गए पनि मधेसका आठ जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा जिम्मेवारी नदिइनुले देउवा समूहको मधेस तयारीलाई लिएर चासो बढेको छ ।

देउवा समूहले आगामी असोज १५ गते वडा अधिवेशन सुरु गर्ने तथा मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ । यसका लागि जिल्ला तहदेखि संगठनात्मक संरचना तयार पार्ने क्रममा ५५ जिल्लामा संयोजक तोकिएको नेता एनपी साउदले बताएका छन् ।

डा. शशांक कोइरालाले नै संयोजकहरूलाई जिम्मेवारी तोक्दै पत्र दिइरहेका छन् । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश जिल्लामा संयोजक तोकिए पनि मधेस प्रदेश भने यस सूचीमा परेको छैन ।

मधेसका आठै जिल्ला किन छुटे ?

कांग्रेसको पछिल्लो आन्तरिक शक्ति समीकरण हेर्दा मधेस प्रदेश देउवा समूहका लागि महत्वपूर्ण आधार क्षेत्रका रूपमा देखिन्छ । यसअघि प्रकाशित विवरणअनुसार मधेस प्रदेशका आठै जिल्ला सभापति देउवा पक्षतर्फ खुलेका थिए ।

यस्तो अवस्थामा अन्य प्रदेशका अधिकांश जिल्लामा संयोजक तोकिसक्दा मधेसका आठै जिल्लामा संयोजक नतोकिनुलाई कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ । यद्यपि, संयोजक नतोक्नुको कारणबारे देउवा समूहबाट औपचारिक रूपमा स्पष्ट कारण सार्वजनिक भएको छैन

मधेसमा संगठनात्मक तयारीका लागि स्थानीय नेतृत्व, क्रियाशील सदस्यता, अधिवेशन व्यवस्थापन तथा विभिन्न तहका समिति गठनजस्ता काम बाँकी रहेकाले समयमै संयोजक तोकिने वा नतोकिइने विषयले आगामी अधिवेशन प्रक्रियामा प्रभाव पार्न सक्नेछ ।

कुलन जिल्लामा कोबने सइोजक

कोशी प्रदेश — ८ जना

  1. पाँचथर — डेकेन्द्र कुमार तामाङ
  2. झापा — कृष्ण हुमागाई
  3. संखुवासभा — रामकुमार जीसी
  4. भोजपुर — धर्मराज राई
  5. मोरङ — सुभाष पौडेल
  6. खोटाङ — रोजन राई
  7. ओखलढुंगा — बालगोविन्द राजभण्डारी
  8. उदयपुर — बसन्त बस्नेत

सहसंयोजक: मोरङ — विनायक पन्त, उदयपुर — गोविन्द चाम्लिङ

बागमती प्रदेश — ११ जना

  1. दोलखा — ताराबहादुर खड्का
  2. रामेछाप — जीतबहादुर मगर
  3. रसुवा — उपेन्द्र लम्साल
  4. धादिङ — गोपाल बिक
  5. नुवाकोट — श्रीराम श्रेष्ठ
  6. सिन्धुपाल्चोक — लालकाजी तामाङ
  7. चितवन — मिलन श्रेष्ठ
  8. मकवानपुर — भिम लामा
  9. भक्तपुर — दुर्लभ थापा
  10. ललितपुर — सुदर्शन घिमिरे
  11. काठमाडौं — जयकृष्ण महर्जन

सहसंयोजक: दोलखा — जयराम श्रेष्ठ

गण्डकी प्रदेश — ८ जना

  1. गोरखा — भुगोल थापा
  2. लमजुङ — रामकृष्ण कँडेल
  3. कास्की — ऋषिराम काफ्ले
  4. मनाङ — नाचोङ गुरुङ
  5. पर्वत — रामकृष्ण मल्ल
  6. म्याग्दी — हिराबहादुर पुन मगर
  7. बागलुङ — सागर छन्त्याल
  8. नवलपुर — अशोक बस्ताकोटी

लुम्बिनी प्रदेश — १२ जना

  1. नवलपरासी पश्चिम — विकाश घिमिरे
  2. रुपन्देही — गुनाखर भुर्तेल
  3. कपिलवस्तु — अब्दुल मन्नान खाँ
  4. पाल्पा — माधव नेपाल
  5. अर्घाखाँची — लक्ष्मण पाण्डे
  6. गुल्मी — बेदबहादुर थापा
  7. रुकुम पूर्व — दत्तबहादुर बस्नेत
  8. रोल्पा — मानबहादुर खत्री
  9. प्यूठान — ईश्वरसिंह विष्ट
  10. दाङ — गोपालराज शर्मा
  11. बाँके — कृष्ण कार्की
  12. बर्दिया — जग्गाप्रसाद पाण्डे

कर्णाली प्रदेश — ८ जना

  1. डोल्पा — देउप्रसाद बुढा
  2. जुम्ला — हेम बुडथापा
  3. मुगु — कर्ण रावल
  4. हुम्ला — सूर्यबहादुर शाही
  5. कालिकोट — मातृका सिंह
  6. जाजरकोट — राजजंग शाह
  7. दैलेख — मीनबहादुर विश्वकर्मा (मिलन)
  8. सुर्खेत — ललित भट्टराई

सुदूरपश्चिम प्रदेश — ८ जना

  1. बाजुरा — धनराज पण्डित
  2. बझाङ — हर्कजंगबहादुर सिंह
  3. डोटी — नरेन्द्रबहादुर सिंह
  4. दार्चुला — सुरेन्द्र अवस्थी
  5. बैतडी — वीरबहादुर विष्ट
  6. डडेलधुरा — डिल्लीराज जोशी
  7. कञ्चनपुर — पदम बोगटी
  8. कैलाली — खेमबहादुर डगौरा थारु

सहसंयोजक: कैलाली — राम समझ राना

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस