२०८३ आश्विन ११ गते, आईतवार २०:०५

रास्वपाको टिकट वितरणबारे सामाजिक सञ्जालमा भ्रम फैलाइएकोमा पर्साका नेताहरूको आपत्ति: कारबाही गर्ने चेतावनी

वीरगन्ज —

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट वीरगन्ज महानगरपालिका लगायत अन्य पालिकामा मेयर, उपमेयर र वडा अध्यक्ष पदका उम्मेदवारहरूको टिकट फाइनल भइसकेको भन्दै सामाजिक सञ्जालमा भ्रामक प्रचार गरिएकोप्रति पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पर्सा क्षेत्र नम्बर १ का सांसद तथा पर्सा जिल्ला अध्यक्ष हरि पन्त र वीरगन्ज महानगरका सचिव गौतम श्रेष्ठले आ–आफ्नो आधिकारिक फेसबुकमार्फत स्पष्ट पार्दै यस्ता कपोलकल्पित र भ्रामक अफवाहको पछि नलाग्न सबैमा आग्रह गरेका छन्।

रास्वपामा उम्मेदवार चयन गर्ने आफ्नै निश्चित विधि, प्रक्रिया र पद्दति रहेको उनीहरूले प्रस्ट्याएका छन्। पार्टीको आधिकारिक निर्णयबिना यसरी गलत र भ्रामक अफवाह फैलाउने व्यक्तिहरूलाई पार्टी विधान बमोजिम कडा कार्बाही गरिने चेतावनी समेत नेताद्वयले दिएका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस