२०८३ कार्तिक २७ गते, शुक्रबार ०:३७

लखनदेई खोलामा आएको बाढीले भाडसर खुटौनाको बस्ती र धान खेत डुबानमा

सर्लाही –

लखनदेई खोलामा आएको बाढीले बाँध भत्काउँदा सर्लाहीको मलङ्गवा नगरपालिका–५ स्थित भाडसर डुबानमा परेको छ । बाढीले भाडसर गाउँलाई चारैतिरबाट घेरेपछि बस्ती टापुजस्तै बनेको छ। यस्तै, मलङ्गवा–६ खुटौनाको केही भूभागसमेत डुबानमा परेको छ भने हजारौँ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली बाढीको पानीले डुबाएको छ ।

आइतबार लखनदेई खोलामा आएको बाढीले बाँध भत्किएको छ । बाँध भत्किएसँगै बाढीको पानी बस्ती तथा खेतीयोग्य जमिनतर्फ पसेको मलङ्गवा—६ खुटौनाका स्थानीय गफार खानले जानकारी दिए ।

बाढीले मलङ्गवा नगरपालिका–५ भाडसरलाई चारैतिरबाट घेरेपछि बस्ती टापुमा परिणत भएको छ । बस्तीमा आवतजावत गर्नसमेत कठिनाइ भएको स्थानीयवासी बिजय यादवले बताए ।

यस्तै, मलङ्गवा नगरपालिका–६ खुटौनाको केही भाग पनि बाढीको पानीले डुबानमा परेको छ । बाढीको पानी बस्ती तथा खेतबारीमा पस्दा स्थानीयको जनजीवन प्रभावित भएको छ ।

बाढीका कारण ठुलो क्षेत्रफलमा लगाइएको धान बालीसमेत डुबानमा परेको छ । हजारौँ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेत पानीमा डुबेपछि किसानले लगाएको बाली नष्ट हुने अवस्था आएको छ । धान बालीमा भएको क्षतिले किसानलाई ठुलो आर्थिक नोक्सानी हुने देखिएको छ ।

डुबान प्रभावित क्षेत्रमा बाढीको पानीको सतह बढ्दै गएमा थप बस्ती तथा कृषि क्षेत्र प्रभावित हुन सक्ने स्थानीयको चिन्ता छ । प्रभावित क्षेत्रका बासिन्दाको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा तत्काल राहत र क्षतिको विवरण संकलन गर्न सम्बन्धित निकायको सक्रियता आवश्यक देखिएको छ ।

प्रतिक्रिया

देउसी–भैलोमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीबाट थप तीन पक्राउ, पक्राउ पर्नेको संख्या पाँच पुग्यो

रुपन्देही – देउसी–भैलो कार्यक्रमका क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा

देउसी–भैलोमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीबाट थप तीन पक्राउ, पक्राउ पर्नेको संख्या पाँच पुग्यो

रुपन्देही – देउसी–भैलो कार्यक्रमका क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा

पोडकास्ट सुन्नुहोस