२०८३ कार्तिक १२ गते, बुधबार २१:१७

बीरगन्जमा हिरो मोटरसाइकलको ‘मेगा एक्सचेन्ज’ सञ्चालन हुँदै, १० लाख रुपैयाँ नगददेखि सुनिश्चित उपहार जित्ने मौका

बीरगन्ज-

बीरगन्जमा दुईपाङ्ग्रे सवारीसाधन खरिद तथा पुराना मोटरसाइकल एक्सचेन्ज गर्न चाहने ग्राहकलाई लक्षित गर्दै ‘हिरो मेगा एक्सचेन्ज’ अफर सञ्चालन हुने भएको छ । हिरो मोटरसाइकलको लागि आधिकारिक बिक्रेता एन.एच.आर. मोटोकर्प प्रा.लि.ले आगामी कार्तिक १४ गतेदेखि २१ गतेसम्म दीपावली र छठ पर्वलाई लक्षित गर्दै उक्त अफर सञ्चालन गर्न लागेको हो ।

बीरगन्जको आदर्शनगरस्थित अनमोल स्वीट्स नजिक आयोजना हुने यस अफरअन्तर्गत ग्राहकले विभिन्न मोडेलका हिरो मोटरसाइकल तथा स्कुटर खरिद गर्दा आकर्षक सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ हिरो दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न सक्नेछन् ।

योजनाअन्तर्गत डिजिटल स्क्र्याचमार्फत १० लाख रुपैयाँसम्मका तत्काल नगद पुरस्कार जित्ने अवसर पनि राखिएको छ । ग्राहकले १०० प्रतिशतसम्म क्यासब्याकको सुविधा समेत प्राप्त गर्न सक्ने छन् । साथै, सो अवधिमा सोधपुछका लागि दर्ता गर्ने ग्राहकलाई निःशुल्क इयरबड उपलब्ध गराइने पनि कम्पनीले जनाएको छ ।

नयाँ मोटरसाइकल खरिद गर्न चाहने ग्राहकलाई सहज बनाउन ईएमआई सुविधा पनि राखिएको छ । कम्पनीकाअनुसार मासिक ३ हजार ९९९ रुपैयाँदेखि किस्ता सुरु हुने व्यवस्था छ । यसका साथै, ग्राहकले निःशुल्क हेलमेटसमेत प्राप्त गर्न सक्नेछन् ।

अफरमा हिरोका विभिन्न श्रेणीका मोटरसाइकल तथा स्कुटर समावेश गरिएको कम्पनीले जनाएको छ । ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार उपलब्ध मोडेलबारे जानकारी लिन तथा एक्सचेन्ज मूल्याङ्कन गराउन सक्नेछन् ।

एन.एच.आर. मोटोकर्प प्रा.लि.ले वीरगञ्जस्थित बाइपास रोडमा बीवाइडी गाडीको नजिकै रहेको नयाँ शोरुम नजिकबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ । अफरसम्बन्धी थप जानकारी तथा बुकिङका लागि ग्राहकले ९८०१२६५२५७ र ९८०१२६६५५५ नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

कार्तिक १४ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने ‘हिरो मेगा एक्सचेन्ज’ अफरले पुरानो सवारीसाधन साटेर नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्न चाहने ग्राहकलाई विभिन्न सुविधा र पुरस्कार जित्ने अवसर उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस