२०८३ कार्तिक २६ गते, बिहीबार २३:५५

कारागारबाट फरार भएका तुरहा भारतको आदापुरबाट पक्राउ

वीरगन्ज –

वीरगन्ज कारागारबाट बिहीबार बिहान फरार भएका कैदी सुनिल साह तुरहालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ।

पर्साको पोखरिया नगरपालिका–स्थित सतवरी निवासी तुरहालाई भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण जिल्लाको आदापुरबाट पक्राउ गरी वीरगन्ज ल्याइएको हो।

बिहान ६ बजे कारागारबाट फरार भएका उनलाई दिउँसो करिब १ बजे भारतको आदापुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो।

उहाँका अनुसार कारागारमा बिहान सरसफाइ गर्ने क्रममा सुरक्षाकर्मीको आँखा छलेर फरार भएका तुरहा बाराको बलिरामपुर नाका हुँदै भारत प्रवेश गरेका थिए। भारतीय सुरक्षाकर्मीको सहयोगमा उनलाई आदापुरबाट नियन्त्रणमा लिइएको डीएसपी मल्लले बताउनुभयो।

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका तुरहालाई पर्सा जिल्ला अदालतले १४ वर्ष कैद सजाय सुनाएको थियो। १४ वर्ष कैदमध्ये १२ वर्ष सजाय भुक्तान गरिसकेका उनी बिहीबार बिहान सरसफाइका क्रममा सुरक्षाकर्मीको आँखा छलेर कारागारबाट फरार भएका थिए।

प्रतिक्रिया

देउसी–भैलोमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीबाट थप तीन पक्राउ, पक्राउ पर्नेको संख्या पाँच पुग्यो

रुपन्देही – देउसी–भैलो कार्यक्रमका क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा

देउसी–भैलोमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीबाट थप तीन पक्राउ, पक्राउ पर्नेको संख्या पाँच पुग्यो

रुपन्देही – देउसी–भैलो कार्यक्रमका क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा

पोडकास्ट सुन्नुहोस