२०८३ कार्तिक २६ गते, बिहीबार २३:५५

देउसी–भैलोमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीबाट थप तीन पक्राउ, पक्राउ पर्नेको संख्या पाँच पुग्यो

रुपन्देही –

देउसी–भैलो कार्यक्रमका क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ। यसअघि पक्राउ परेका दुई जनासहित सोही आरोपमा पक्राउ पर्नेको कुल संख्या पाँच पुगेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले बिहीबार सिद्धार्थनगर नगरपालिका–७, कान्छीबजारबाट तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका तीनै जनाको नाम भने प्रहरीले गोप्य राखेको छ।

यसअघि इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवार बजारबाट सोही आरोपमा दुई जनालाई पक्राउ गरेको थियो। जसमा रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ति बस्नेत रहेका छन्।

पक्राउ परेका पाँचै जनामाथि ‘सार्वजनिक हित र नैतिकताविरुद्धको कसुर’ मा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्लाका विभिन्न स्थानमा देउसी–भैलोका नाममा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताप्रतिकूल हुने गतिविधि भइरहेको सूचना प्राप्त भएपछि प्रहरीले निगरानी तथा कारबाहीलाई तीव्रता दिएको हो।

प्रतिक्रिया

देउसी–भैलोमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीबाट थप तीन पक्राउ, पक्राउ पर्नेको संख्या पाँच पुग्यो

रुपन्देही – देउसी–भैलो कार्यक्रमका क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा

देउसी–भैलोमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीबाट थप तीन पक्राउ, पक्राउ पर्नेको संख्या पाँच पुग्यो

रुपन्देही – देउसी–भैलो कार्यक्रमका क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा

पोडकास्ट सुन्नुहोस