२०८३ कार्तिक २७ गते, शुक्रबार ०:१२

छठ पर्वको अवसरमा विशेष रिङब्याक टोन सञ्चालन गर्न माग गर्दै नेपाल टेलिकम र एनसेललाई ज्ञापनपत्र

वीरगन्ज –

लोकआस्थाको महान् पर्व छठको अवसरमा मोबाइल सेवामा विशेष रिङब्याक टोन (Caller Tune) सञ्चालन गर्न माग गर्दै राष्ट्रिय बजरङ दल, पर्साले नेपाल टेलिकम र एनसेलको वीरगन्ज कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।

हिन्दू धर्मावलम्बीहरूको आस्था, श्रद्धा र पवित्रतासँग जोडिएको छठ पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार एवं संरक्षण गर्ने उद्देश्यले उक्त ज्ञापनपत्र बुझाइएको हो। दलले नेपाल टेलिकम तथा एनसेलका सम्पूर्ण सिम प्रयोगकर्ताहरूका लागि छठ पर्वसँग सम्बन्धित धार्मिक एवं सांस्कृतिक भक्ति गीतहरूलाई विशेष रिङब्याक टोनका रूपमा उपलब्ध गराउन माग गरेको छ।

ज्ञापनपत्रमा छठ पर्व केवल धार्मिक अनुष्ठान मात्र नभई प्रकृति, सूर्यदेव, जल तथा स्वच्छताको आराधना गर्ने महान् पर्व भएको उल्लेख छ। आधुनिक सञ्चार प्रविधिको माध्यमबाट मौलिक संस्कृति, परम्परा र धार्मिक पहिचानलाई प्रवर्द्धन गर्न मोबाइलको रिङब्याक टोन प्रभावकारी माध्यम बन्न सक्ने दलको धारणा छ। यस पहलले छठको महिमा र आपसी सद्भावको सन्देश आम नागरिकसम्म सहजै पुग्ने विश्वास व्यक्त गर्दै दलले दुवै दूरसञ्चार सेवा प्रदायक संस्थालाई माग यथाशीघ्र कार्यान्वयन गर्न आग्रह गरेको छ।

राष्ट्रिय बजरङ दल, पर्साका जिल्ला अध्यक्ष रुपल जैसवाल, मन्त्री हरि यादव र सदस्य सचिन साहसहितको प्रतिनिधिमण्डलले सम्बन्धित कार्यालयमा पुगेर ज्ञापनपत्र हस्तान्तरण गरेको हो।

प्रतिक्रिया

देउसी–भैलोमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीबाट थप तीन पक्राउ, पक्राउ पर्नेको संख्या पाँच पुग्यो

रुपन्देही – देउसी–भैलो कार्यक्रमका क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा

देउसी–भैलोमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीबाट थप तीन पक्राउ, पक्राउ पर्नेको संख्या पाँच पुग्यो

रुपन्देही – देउसी–भैलो कार्यक्रमका क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा

पोडकास्ट सुन्नुहोस