२०८२ पुष २ गते, बुधबार २१:०६

प्राधिकरणले जोडिदियो उद्योगहरुमा बिजुलीको लाइन

काठमाडौं–

नेपाल विद्युत् प्राधिकरणले मंगलबार राति अधिकांश उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिएको छ ।

डेडिकेटेड र ट्रंकलाइन बाफतको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुको लाइन काटिदिएको थियो । गत आइतबारको मन्त्रिपरिषद बैठकले उद्योगहरुमा काटिएका लाइन जोड्ने र १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेको थियो । त्यसपछि मंगलबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद बैठकको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

सो निर्णय अनुसार नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको लाइन जोड्न क्षेत्रीय कार्यालयहरुलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार मंगलबार राति अधिकांश उद्योगहरुमा लाइन जोडिएको नेपाल विद्युत् प्राधिकरण स्रोतले जनाएको छ ।

यसैबीच बक्यौता नउठाइ बिजुलीको लाइन जोड्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता खडानन्द कँडेलले मन्त्रिपरिषद् कार्यालय, ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई विपक्षी बनाएर मंगलबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

त्रिशला रेस्टुरेन्टको ‘डेथ ट्र्याप’: २० वर्षीया सुनिताको रहस्यमय मृत्यु कि हत्या? सञ्चालकलाई जोगाउन खोजिएको त होइन?

वीरगन्ज- वीरगन्ज–१० स्थित पुरानो बसपार्कको पछाडि रहेको त्रिशला रेस्टुरेन्ट फेरि

त्रिशला रेस्टुरेन्टको ‘डेथ ट्र्याप’: २० वर्षीया सुनिताको रहस्यमय मृत्यु कि हत्या? सञ्चालकलाई जोगाउन खोजिएको त होइन?

वीरगन्ज- वीरगन्ज–१० स्थित पुरानो बसपार्कको पछाडि रहेको त्रिशला रेस्टुरेन्ट फेरि

पोडकास्ट सुन्नुहोस