२०८२ असार १७ गते, मंगलवार १४:४५

काठमाडौ –

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानव अधिकार उल्लंघनको घटनाले आममाफी नपाउने बताउनुभएको छ ।

दोहोरो भिडन्तबाहेकका अरु खालका हत्या, यौन बलात्कार र दुव्र्यवहार, चरम यातना र बलपूर्वक बेपत्ता पारिएका कुराहरुमा उन्मुक्ति नहुनेगरी कानूनी प्रावधान समेत राखिएको उहाँको दाबी थियो ।

मंगलवार काठमाडांैमा आयोजित ‘शान्ति प्रक्रियाः विगत र वर्तमान’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियाका बाँकि कामलाई टुंगोमा पु¥याउन प्रमुख दलहरु एकठाउँमा उभिएको पनि बताउनु भयो । उहाँले नेपालको शान्ति प्रक्रिया सफलतापूर्वक अघि बढेको र त्यो छिट्टै टुंगोमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उपमहासचिव ज्ञवालीले पीडितले न्याय पाउने गरी शान्ति प्रक्रियाका बाँकि कामलाई पूरा गर्ने काममा प्रतिवद्ध भएर लागिपर्ने पनि बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस