२०८२ असार ९ गते, सोमबार १८:५९

काठमाडौ –

टर्कीको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.१ प्रतिशत वृद्धि भएको छ । तर यो सरकारले अपेक्षा गरेको भन्दा कम हो । यस वर्ष लागू गरिएका कडा कदमहरूले देशको वृद्धिको गतिलाई सुस्त बनाएको छ ।

टर्किस तथ्याङ्कीय संस्थानकाअनुसार कल गार्हस्थ्य उत्पादन (जीडीपी) मौसमी र क्यालेण्डर–समायोजित आधारमा अघिल्लो त्रैमासिकको तुलनामा ०.२ प्रतिशतले संकुचित भएको छ । तेस्रो त्रैमासिक ब्याजदर वृद्धिमार्फत उच्च मुद्रास्फीतिविरुद्ध लड्न केन्द्रिय बैंक को प्रयासहरुद्वारा भारी प्रभावित अवधिको रूपमा चिह्नित गरेको छ ।

जुन २०२३ देखि केन्द्रिय बैंकले मुद्रास्फीति नियन्त्रण गर्न आक्रामक रुपमा ब्याजदर ८.५ प्रतिशतबाट ५० प्रतिशतमा पु¥याएको छ । जुन अक्टोबरमा ४८.५८ प्रतिशतमा झरेको छ । वार्षिक आधारमा तेस्रो त्रैमासिकमा औद्योगिक उत्पादन २.२ प्रतिशतले घटेको छ भने सेवा क्षेत्र १.९ प्रतिशत, कृषि ४.६ प्रतिशत र निर्माण ९.२ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस