काठमाडौ –
इजरायल र लेबनानबीच बुधवार लागू भएको युद्धविरामपछि गाजापट्टीका प्यालेस्टिनीहरूले आफ्नो घेराबन्दीमा रहेको तटीय एन्क्लेभमा जतिसक्दो चाँडो युद्धविराम हुने आशा व्यक्त गरेका छन् ।
आफूहरु लेबनानमा युद्धविरामलाई समर्थन गर्ने विस्थापित प्यालेस्टाइनी हानजी हमदले बताउनु भयो । युद्धले जीवनमा नकारात्मक असर गर्ने र आर्थिक क्षति मात्रै हुने उहाँले बताउनु भयो । इजरायल र हिजबुल्लाहबीचको युद्धविराम सम्झौता बुधवार बिहानैदेखि लागू भएको छ । यसैबीच, गाजामा, इजरायलले हमास विरुद्धको ठूलो मात्रामा आक्रमण जारी राखेको छ ।

अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा हमासको आक्रमणको बदलास्वरूप शुरु गरिएको थियो । गाजामा जारी इजरायली हमलाबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ४४ हजार २८२ पुगेको छ ।