विरगंज-
सेन्ट्रल कलेज वीरगंजले आफ्ना बिद्यार्थीहरु लाई स्वागत गरेको छ ।
हेटौंडाको होटल रोयल प्यालेसमा आयोजना गरिएको स्वागत कार्यक्रमा कलेजको वाणिज्य र बििज्ञान संकायमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई कलेजले स्वागतम कार्यक्रम गरेको हो ।

वाणिज्य र बिज्ञानको करीब १२० जना विद्यार्थीहरुलाई वीरगंज सेन्ट्रल कलेजका अध्यक्ष श्री बिनोद प्रसाद यादवले विद्यार्थीहरुलाई टिका र खादा ओढाई शुभकामना एवम् बधाई दिदै स्वागत गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै प्र.अ यादवले शिक्षाले विद्यार्थीहरुको उज्वल भबिष्य निर्माण गर्दछ त्यसैले सबैले शिझा लाई बढी भन्दा बढी प्राथमिकता दिनु पर्दछ भने प्र.अ यादवले आफ्नो बिचार बिद्यार्थीहरु सग साझागरे |
उक्त कार्यक्रममा कलेजका तिन सय जना भन्दा बढी बिद्यार्थी तथा शिक्षकहरुको सहभगिता रहेको प्र.अ. यादवले बताउनु भयो |
आयोजना गरिएको स्वागत कार्यक्रममा विद्यार्थीहरुले गित संगीत, नृत्यको साथै दाइजो प्रथा अन्त्य हुनुपर्छ भने बारे नाट्य समेत प्रस्तुत गरेका थिए।
कार्यक्रम प्र.अ. बिनोद प्रसाद यादवको अध्यक्षता मा सम्पन्न गरिएको थियो ।