२०८२ असार ७ गते, शनिबार ०७:२७

काठमान्डौँ-

नेपाल पत्रकार महासंघको ४७ सदस्यीय केन्द्रीय समितिका लागि हुन लागेको निर्वाचनमा तीन जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि आदिवासी जनजाति महिला सदस्यमा देविका घर्तीमगर, दलित महिला सावित्री रसाइली र खसआर्यतर्फ रीता बुढाथोकी निर्विरोध भएका हुन् ।

निर्विरोध निर्वाचित भएकामध्ये देविका घर्ती र सावित्रा रसाइली एमाले निकट प्रेस चौतारीका हुन् भने बुढाथोकी माओवादी निकट प्रेस सेन्टरकी उम्मेदवार हुन् ।

निर्वाचन समितिले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस