२०८२ असार ४ गते, बुधबार १२:०९

काठमाडौं-

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार र निर्माण व्यवसायीको बीचको सम्बन्ध भनेको नङ र मासुको जस्तो भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘विकास बजेटको परिचालनः सरकार र निजी क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रममा उनले सरकार र निर्माण व्यवसायीको लक्ष्य एउटै भएको भन्दै विरोध गरेर होइन, फरक ठाँउमा भएपनि राष्ट्र निर्माणको साझा जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।

उनले भने, ‘सरकार र निर्माण व्यवसायीको बीचमा हामीले कस्तो सम्बन्ध चाहेको हो ? अथवा कस्तो सम्बन्ध विकास गरेर जानुपर्ने हो ? हामी नदीका दुई किनारा हुन् । एकले अर्काको विरोध गरेर हाम्रो अभिभाराहरु पूरा हुन्छन् ? हाम्रो साझा अभिभारा छैन् ? म के आग्रह गर्न चहान्छु भने हामी नदीका दुई किनारा होइनौँ । हामी फरक ठाँउमा रहेर राष्ट्र निर्माणको साझा जिम्मेवारी बहन गर्दै छौँ । व्यवसायी र सरकारबीचको सम्बन्ध नङ र मासुको जस्तो सम्बन्ध हो ।’

यस्तै, उनले व्यवसायीहरुलाई भुक्तानीको बारेमा धेरै चिन्ता नलिन आग्रह गर्दै एक हप्ताभित्र सबै भुक्तानी हुने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

उनले भने, ‘भुक्तानीको बारेमा धेरै चिन्ता नलिनु भन्न चहान्छु । तपाईंहरुले कुनै पनि मन्त्रालय, निकायमा भुक्तानी पाउन बाँकी छ भने आज शनिबार भयो जान मिलेन, भोलिदेखि जानु तपाईंहरुले भोलिदेखि नै पाउनु हुन्छ । भोलि पाउनु भएन भने पर्सि पाउनु हुन्छ । १ हप्तामा पनि पाउनु भएन भने तपाईंहरु म कहाँ आउनुस्, कुन मन्त्रालय र निकायले तपाईंहरुलाई भुक्तानी दिँदैन् ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस