२०८३ बैशाख २ गते, बुधबार ०१:३०

मधेस आन्दोलनका शहिदहरुको शालिकमा माल्यार्पण गरी जिल्ला प्रशासन कार्यालय पर्साले मनाईयो शहिद दिवस

वीरगन्ज-

शहिद दिवसको अवसरमा वीरगन्ज को घण्टाघर स्थित शहिदपार्कमा रहेका शहिदहरुको शालिकमा माल्यार्पण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा वीरगन्जको घण्टाघरदेखि उत्तरतर्फ रहेको शहिदपार्कमा राखिएको मधेस आन्दोलनका शहिदहरुको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, नेकपा एमाले पर्साका अध्यक्ष डाक्टर विश्वम्भर शर्मा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतले मन्तव्य व्यक्त गर्दै शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी निशानराज गौतम, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्रसिंह धामी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्ट, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निरोज चौलागाई लगायतको उपस्थिती रहेको थियो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस