२०८३ कार्तिक १७ गते, सोमबार १०:५७

मलद्वारभित्र लुकाएर राखिएको १७.३५ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

वीरगन्ज –

सुनसरी प्रहरीले मलद्वारभित्र लुकाएर राखिएको १७.३५ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

सुनसरीको इनरुवा नगरपालिका–४ स्थित बसचोकबाट प्रहरीले आइतबार साँझ उदयपुरको बेलका नगरपालिका–४ निवासी ३२ वर्षीय नवीन राई र २९ वर्षीया सुना राईलाई पक्राउ गरेको हो।

बसचोकको पश्चिमबाट पूर्वतर्फ पैदल यात्रा गरिरहेका उनीहरूमाथि शङ्का लागेर प्रहरीले जाँच गर्ने क्रममा नवीन राईको मलद्वारभित्र प्लास्टिकमा बेरेर लुकाइएको अवस्थामा १७.३५ ग्राम खैरो हेरोइन बरामद भएको थियो।

खैरो हेरोइन बरामद भएपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर खड्काले जानकारी दिनुभयो।

ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया

फ्रान्सपछि जर्मनीमा पनि सरकारको नीतिविरुद्ध युवाहरू सडकमा, फ्र्यांकफर्टमा पसल लुटपाटदेखि प्रहरीमाथि पेट्रोल बम प्रहारसम्म

काठमाण्डौ – बढ्दो महँगी, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सरकारी लगानीको

फ्रान्सपछि जर्मनीमा पनि सरकारको नीतिविरुद्ध युवाहरू सडकमा, फ्र्यांकफर्टमा पसल लुटपाटदेखि प्रहरीमाथि पेट्रोल बम प्रहारसम्म

काठमाण्डौ – बढ्दो महँगी, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सरकारी लगानीको

पोडकास्ट सुन्नुहोस