क्यान्सरबाट जोगिन सावधानीका साथ स्वास्थ्यको हेरचाह गरौँः उपसभामुख राना

काठमाडौं-

उपसभामुख इन्दिरा रानाले क्यान्सरबाट जोगिन सावधानीकासाथ आफ्नो स्वास्थ्यको हेरचाह गर्न आग्रह गर्नुभएको छ ।

मंगलवार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले क्यान्सर लाग्नबाट जोगिन सावधानी अपनाउनु जरुरी रहेको बताउनु भयो । उहाँले क्यान्सर पीडितलाई पनि परिवारको माया र प्रेम आवश्यक हुने बताउनु भयो । उाँले समाजको काम गर्न कुनै ठूलो फण्ड आवश्यक पर्ने भन्दै सँगै मिलेर कामहरु गर्न जरुरी रहेको बताउनु भयो ।

उपसभामुख रानाले क्यान्सरपीडितलाई माया गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस्