२०८३ असार २० गते, शनिबार १९:३६

‘श्रमिक आन्दोलनमाथि ‘कू’ को प्रयास भइरहेको छ’

काठमाडौं-

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष जगतबहादुर सिंखडाले ट्रेड युनियन आन्दोलन कू हुने प्रक्रियामा रहेको बताउनुभएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीलाई मन्त्रालयमा सोमवार संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) को तर्फबाट ज्ञापन पत्र बुझाउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालका श्रमिकहरुको मुद्दा र श्रमिकहरु नै ओझेलमा परेको बताउनु भयो । बैंक तथा वित्तीय क्षेत्रमा श्रमिकहरुले आफ्ना माग राखेर आन्दोलन गर्न नपाउने फैसला आएको भन्दै उहाँले श्रमिकहरु चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले युनियनको आन्दोलनलाई नजरअन्दाज गर्ने षड्यन्त्र भइरहेको आरोप लगाउनु भयो । सरकारले अत्यावश्यकको नाममा श्रमिक आन्दोलनमा रोक लगाउने कार्यले दक्ष जनशक्ति पाउन छोडेको बताउनु भयो । देशमा अहिले २७ वटा पाँचतारे होटल थपिएर सञ्चालनमा आएको भएपनि दक्ष जनशक्तिको अभाव रहेको रोजगारदाताले गुनासो गरेको उहाँको भनाइ छ ।

कार्यक्रममा सहभागीहरुले योग्य र सक्षम जनशक्ति देशबाट पालयन भइरहेको भन्दै त्यस्ता जनशक्ति देशमै रोक्नका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस